National life

रास्वपा महाधिवेशन: ६ पदका लागि ३० उम्मेदवारबीच कडा प्रतिस्पर्धा

खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले एक्लो उम्मेदवार रहेकाले उनी निर्विरोध चयन भएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
862Shares
रास्वपा महाधिवेशन: ६ पदका लागि ३० उम्मेदवारबीच कडा प्रतिस्पर्धा
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचीअनुसार विभिन्न ६ पदमा कुल ३० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले एक्लो उम्मेदवार रहेकाले उनी निर्विरोध चयन भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै, महिला उपसभापतिको एक पदका लागि सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री पदमा आठ जनाले उम्मेदवारी दिएका छन्। यस पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य चुनावी दौडमा छन्।

दुई जना चयन हुने खुला सह-महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारहरूमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त रहेका छन्।

त्यसैगरी, महिला सह-महामन्त्री पदका लागि पाँच जना उम्मेदवार मैदानमा छन्। यसमा जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा समावेश छन्।

निर्वाचन आयोगले शुक्रबार अन्तिम नामावली सार्वजनिक गरेको हो। यसअघि पार्टी सभापतिमा रवि लामिछाने निर्वाचित भइसकेका छन् भने ९९ जना केन्द्रीय सदस्य चयन गरिसकिएको छ।

यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?