National life
cg eloctronics

फुटबलको महाकुम्भ: ४८ राष्ट्र, १०४ खेल र १,२४८ खेलाडीको सहभागिता

जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा सुरु हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
2.6kShares
फुटबलको महाकुम्भ: ४८ राष्ट्र, १०४ खेल र १,२४८ खेलाडीको सहभागिता
ncell

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप’ को २३औँ संस्करण आगामी बिहीबारबाट सुरु हुँदैछ। प्रतियोगितामा सहभागी सबै टोलीको लक्ष्य एउटै छ—विश्वकप ट्रफी जित्ने। विश्वकपको इतिहास निकै रोचक मानिन्छ। यसको सुरुवात अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को स्थापना र विभिन्न देशमा राष्ट्रिय फुटबल सङ्घहरूको विकाससँग जोडिएको छ, जसले विश्व फुटबललाई आजको स्तरसम्म पुर्‍याएको हो।

जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा सुरु हुने विश्वकपका लागि सहभागी ४८ राष्ट्रले आफ्नो अन्तिम टोली सार्वजनिक गरेका छन्। प्रतियोगिता सुरु हुन करिब एक साता बाँकी रहँदा फिफाले १,२४८ खेलाडी समेटिएको आधिकारिक सूची सार्वजनिक गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पहिलो पटक ४८ राष्ट्रको सहभागितामा ऐतिहासिक संस्करण

केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानको विश्वकपमा ऐतिहासिक डेब्यु

यस पटक पहिलो पटक ४८ राष्ट्र सहभागी हुने भएकाले प्रतियोगिता अझ फराकिलो बनेको छ। कुल १०४ खेल हुने यस संस्करणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकपका रूपमा हेरिएको छ।

यस संस्करणमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै इतिहास रच्नेछन्। साथै, म्यानचेस्टर सिटीसँग आबद्ध अब्दुकुदिर खुसानोभ, फ्रान्सका वारेन जेयर–एम्री र मोरक्कोका बिलाल एल खानौस जस्ता युवा प्रतिभा आकर्षणका रूपमा रहनेछन्।


अनुभव र युवा जोसको सन्तुलन

३५७ अनुभवी र ८९१ नयाँ खेलाडी मैदानमा, २२ पूर्व विजेता पनि सहभागी

यसपटकको विश्वकपमा अनुभवी र नयाँ खेलाडीको रोचक मिश्रण देखिनेछ। सहभागीमध्ये ३५७ खेलाडीले यसअघि विश्वकप खेलिसकेका छन् भने ८९१ खेलाडी पहिलो पटक मैदान उत्रँदै छन्। साथै, अघिल्ला संस्करणका २२ जना विजेता खेलाडी पनि टोलीमा समावेश छन्।


उमेरदेखि कीर्तिमानसम्मका रोचक तथ्य

४३ वर्षीय क्रेग गोर्डनदेखि १७ वर्षीय गिल्बर्टो मोरासम्म

उमेरका हिसाबले स्कटल्याण्डका ४३ वर्षीय गोलकिपर क्रेग गोर्डन सबैभन्दा पाका खेलाडी बनेका छन् भने मेक्सिकोका १७ वर्षीय गिल्बर्टो मोरा सबैभन्दा कान्छा खेलाडी हुन्। यी दुईबीच २५ वर्षभन्दा बढीको उमेर अन्तर रहेको छ।

यसैबीच, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र गुइलेर्मो ओचोआ छैटौँ पटक विश्वकप खेल्ने ऐतिहासिक कीर्तिमान नजिक छन्।


क्लब प्रतिनिधित्व र रणनीतिक विविधता

७१ देशका ४४९ क्लबबाट खेलाडी, घरेलु र विदेशी लिगको मिश्रण

यस संस्करणमा खेलाडीहरूको क्लब आबद्धता निकै विविध छ। ७१ देशका ४४९ क्लबबाट आएका खेलाडीहरूले आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। क्षेत्रगत रूपमा एसियाका १४, अफ्रिकाका ६, कन्काकाफका ७, कोन्मेबोलका ८, ओसियानाका १ र युरोपका ३५ क्लबका खेलाडी सहभागी छन्।

टोली संरचनामा पनि भिन्नता देखिएको छ—कतार र साउदी अरेबिया आफ्नै घरेलु लिगमा आधारित छन् भने केप भर्डे, आइभरी कोस्ट र उरुग्वे विदेशी लिगका खेलाडीमा पूर्ण निर्भर छन्।


प्रशिक्षक र नियमका रोचक पक्ष

कार्लोस क्विरोजको पाँचौँ विश्वकप र २४ घण्टे खेलाडी परिवर्तन नियम

घानाका प्रशिक्षक कार्लोस क्विरोज लगातार पाँचौँ विश्वकपमा टोली सम्हाल्दै बोरा मिलुटिनोभिचको कीर्तिमान बराबरी गर्ने तयारीमा छन्।

फिफाको नियमअनुसार पहिलो खेल सुरु हुनुभन्दा २४ घण्टाअघिसम्म मात्र गम्भीर चोट वा बिरामीको अवस्थामा स्वीकृतिसहित खेलाडी परिवर्तन गर्न सकिन्छ।


विश्वकपको ऐतिहासिक यात्रा

१८६६ देखि १९३० सम्मको फुटबल विकास र फिफाको स्थापना

विश्वकपको लोकप्रियतासँगै यसको इतिहास पनि रोचक छ। सन् १८६6 मा इङ्गल्यान्डमा पहिलो राष्ट्रिय फुटबल संघ स्थापना भएपछि युरोपभर खेलको संरचना विकास हुँदै गयो।

फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, डेनमार्क, स्पेन, स्विडेन र स्विजरल्यान्डका प्रतिनिधिहरूले १९०४ मा पेरिसमा फिफा स्थापना गरे। हाल फिफामा २११ देश आबद्ध छन्, जसमा नेपालले सन् १९७० मा पूर्ण सदस्यता पाएको हो।

ओलम्पिकमा फुटबल समावेश भएपछि यसको लोकप्रियता बढ्दै जाँदा फिफाले छुट्टै प्रतियोगिताको आवश्यकता महसुस गर्‍यो। १९२८ मा विश्वकप आयोजना गर्ने निर्णय गरियो र पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा सम्पन्न भयो, जसले आधुनिक विश्व फुटबलको नयाँ युग सुरु गर्‍यो।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?