National life

मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
2.1kShares
मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प
ncell

दान बहादुर बुढा, मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ अल्कासाँघुस्थित गमगाड खोलामा निर्माण सम्पन्न भएको पक्की पुल मुआब्जा विवादका कारण १८ महिनादेखि सञ्चालनमा आउन सकेको छैन । पुलका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नपाएको भन्दै जग्गाधनीले पुल बन्द गराएपछि स्थानीयवासी र यात्रुहरू समस्यामा परेका छन् ।

पुल सञ्चालनमा नआएपछि सवारीसाधनहरू हिउँदमा खोलाबाटै आवतजावत गर्दै आएका थिए । तर पछिल्ला दिनमा लगातारको वर्षाका कारण खोलामा पानीको सतह बढेपछि समेत स्थानियहरु पुलमा हिँड्न पाएका छैनन् । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसबाट छायाँनाथ रारा नगरपालिकाका वडा नं. १०, ११ र १२ तथा मुगुम कार्मारोङ गाउँपालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् । गमगढी–नाक्चेलाग्ना सडक खण्डअन्तर्गत अल्कासाँघुमा रहेको गमगाड खोलामा डिभिजन सडक कार्यालय जुम्लाले करिब ८ करोड रुपैयाँ लागतमा ४० मिटर लामो र ११ मिटर चौडा पक्की पुल निर्माण गरेको थियो ।

हिम सगरमाथा कन्स्ट्रक्सनमार्फत निर्माण गरिएको उक्त पुल १८ महिनाअघि नै सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । गाडी चालक सोभनसिंह सार्कीले वर्षायाममा खोला बढेपछि सवारीसाधन सञ्चालन गर्न नसकिएको बताउँदै यातायात व्यवसायी र यात्रु दुवै समस्यामा परेको बताए । स्थानीय ज्ञानबहादुर मल्लका अनुसार राज्यको करोडौं रुपैयाँ लगानीमा निर्माण भएको पुल प्रयोग गर्न नपाउँदा विद्यार्थी, महिला, ज्येष्ठ नागरिक तथा बिरामीहरूलाई दैनिक आवतजावतमा सास्ती भएको छ । पुल सञ्चालनमा आएको भए गमगढी बजारबाट मुगुम कार्मारोङको छाइल बजार हुँदै माग्रीडाँडासम्मको १७ किलोमिटर सडक यात्रा सहज हुने थियो ।

जग्गाधनी धनबहादुर मल्लले २०७९ सालको बाढीले दुई वटा घर बगाएपछि बाँकी रहेको ५८८.७५ वर्गमिटर खेतीयोग्य जमिनमा पुल निर्माण गरिएको बताए । उनका अनुसार नगरपालिका र आफूबीच २०८० मंसिर ५ गते तथा २०८१ वैशाख ३ गते मुआब्जा उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नभएपछि पुल सञ्चालनमा रोक लगाउन बाध्य भएको हो ।

मल्लले पछिल्लो समय पुनः नगरपालिकासँग मुआब्जा उपलब्ध गराउने सहमति भएको उल्लेख गर्दै रकम प्राप्त हुनेबित्तिकै पुल सञ्चालनमा अवरोध नगर्ने बताए ।

जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जनबहादुर कार्कीले पुल सञ्चालनका लागि नगरपालिका र जग्गाधनीबीच निरन्तर छलफल भइरहेको जानकारी दिए । उनले केही दिनभित्रै समस्या समाधान गरी पुलबाट सवारीसाधन सञ्चालन गराउने प्रयास भइरहेको बताए ।

गत वर्ष पुल सञ्चालनमा नआएपछि खोलामा बनाइएको अस्थायी काठे साँघुबाट खोला तर्ने क्रममा आठ जना यात्रु घाइते भएका थिए । नेपाल–चीन जोड्ने नाक्चेलाग्ना नाकासम्म पुग्ने ८७ किलोमिटर सडक योजनाको महत्वपूर्ण संरचनाका रूपमा रहेको उक्त पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोगिरहेका छन्। सरोकारवाला निकायले मुआब्जा विवाद शीघ्र समाधान गरी पुल सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?