काठमाडौँ । नेपाल लिकर्स प्रा. लि. आफ्ना प्रमुख कार्यकारी अधिकृत (CEO) अभनिश बिर सिंह तुलाधर सिङ्गापुरमा सम्पन्न "एशिया बिजनेश लिडर्स अवार्ड्स" मा प्रतिष्ठित "सिइओ अफ द इयर" (CEO of the Year) अवार्डबाट सम्मानित हुनुभएको जानकारी गराएको छ ।
यो सफलता नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर गरेको छ ।
नेपाल लिकर्सको डाइरेक्टर अफ अपरेसन्सका रूपमा सफलतापूर्वक जिम्मेवारी सम्हालिसकेपछि तुलाधर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा नियुक्त हुनुभएको हो । 'जेन जी' पुस्ताका गतिशील नेतृत्वकर्ता तुलाधरले युनिभर्सिटी अफ रिचमण्ड (University of Richmond) र इसेक बिजनेस स्कुल (ESSEC Business School) बाट उच्च शिक्षा हासिल गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय शैक्षिक ज्ञान र कम्पनीभित्रको व्यावहारिक अनुभवलाई संयोजन गर्दै बजारमा आधुनिक एवं दूरदर्शी दृष्टिकोण भित्र्याउनुभएको छ । उहाँको नेतृत्वले संस्थागत विरासतलाई चुस्त नवप्रवर्तनसँग जोड्दै बजारमा नयाँ गतिशीलता प्रदान गरेको छ ।
"यो प्रतिष्ठित सम्मानबाट सम्मानित हुन पाउँदा म अत्यन्तै आभारी छु। यो सफलता मेरो मात्र नभई सम्पूर्ण नेपाल लिकर्स परिवारको लगनशीलताको परिणाम हो । म यो अवार्ड हामा संस्थापक मेरा पूज्य हजुरबुबा स्व. श्री भक्त वीर सिंह तुलाधरको दूरदृष्टि र मार्गदर्शनका साथै मेरो परिवारको निरन्तर साथलाई समर्पित गर्दछु। हामी नेपाल लिकर्सलाई अझ नयाँ उचाइमा पुऱ्याउन प्रतिबद्ध छौं।"
अभनिश बिर सिंह तुलाधर, प्रमुख कार्यकारी अधिकृत, नेपाल लिकर्स प्रा. लि.
नेपाल लिकर्सको सम्पूर्ण टोली श्री तुलाधरलाई यो योग्य सम्मानका लागि हार्दिक बधाई ज्ञापन गर्दछ र उहाँको प्रेरणादायी नेतृत्वमा भविष्यमा अझ धेरै उपलब्धिहरू हासिल गर्ने अपेक्षा राख्दछ ।
नेपाल लिकर्स प्रा. लि. को बारेमा
वि.सं. २०३६ मा स्थापित नेपाल लिकर्स प्रा. लि. नेपालभर उच्च गुणस्तरीय मदिराजन्य पेय पदार्थहरूको उत्पादन, मिश्रण र वितरण गर्दै आएको एक अग्रणी कम्पनी हो । डियाजियो (Diageo) जस्ता विश्वप्रसिद्ध ब्राण्डको विश्वासिलो फ्रान्चाइज पार्टनरको रूपमा कार्यरत नेपाल लिकर्सले सिग्नेचर व्हिस्की (Signature Whisky) र स्मिरनोफ भोड्का ( Smirnoff Vodka) जस्ता प्रसिद्ध ब्राण्डहरू उत्कृष्ट गुणस्तर, नवप्रवर्तन र व्यावसायिक नैतिकताका साथ उत्पादन गर्दै आएको छ।


































