National life

अविरल वर्षा, बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित (सूची)

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
847Shares
अविरल वर्षा, बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित (सूची)
ncell

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्। 

सोमबार बिहान ०६:२० बजेसम्मको विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशअन्तर्गत भोजपुरको बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सुचारु रहेको छ। इलामको राजदुवाली क्षेत्रमा झापा-ताप्लेजुङ सडकखण्ड मेची राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
दुवै स्थानमा वैकल्पिक बाटोको प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

बागमती प्रदेशका सडकहरूमा जोखिम बढेपछि आवागमनमा कडाइ गरिएको छ। काभ्रेस्थित बीपी राजमार्गमा साँझ १८:०० देखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। कान्तिलोकपथको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर सडक खण्डमा पनि साँझ १७:०० देखि बिहान ०५:०० बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा प्रतिबन्ध छ। 

सिन्धुपाल्चोकको कोदारी र लिपिङस्थित अरनिको राजमार्ग तथा रसुवाको खाल्टेस्थित त्रिशुली-मैलुङ-स्याफ्रुबेँसी र स्याउ पार्किसहितको पासाङ ल्हामु सडक खण्ड पहिरो र बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्। नुवाकोटको शिवपुरी टोखा-छहरे सडक खण्डमा पनि राति २२:०० देखि बिहान ०५:०० बजेसम्म सवारी चलाउन रोक लगाइएको छ।

गण्डकी प्रदेशका मुख्य राजमार्गहरूमा पहिरो खसे पनि एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्। बागलुङको बेलबगरस्थित कालिगण्डकी करिडोर, मुस्ताङको कैकु खोलास्थित बेनी-जोमसोम सडक र मनाङको खोत्रोस्थित चामे-बेसिशहर सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ।

यो समाचार शेयर गर्नुहोस्
847SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?