National life

बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२९ दिन अगाडि|०७ भदौ २०८३, आइतबार
1.1kShares
बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली
ncell

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै राष्ट्रियता, संघीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र नेपाली जनताले उपभोग गर्दै आएको लोकतान्त्रिक स्पेस संकटमा परेको बताएका छन् ।

‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले ठूलो जनादेश प्राप्त गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आए पनि पछिल्ला पाँच महिनाका गतिविधिले सरकार ‘निर्वाचित अधिनायकवाद’तर्फ उन्मुख भएको देखाएको दाबी गरे ।

ज्ञवालीले भने, ‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै लामो संघर्षपश्चात प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरु, नेपालको संविधान र जनताले उपभोग गर्दै आइरहेको दक्षिण एसियामै तुलनात्मक रुपमा खुला रहेको नेपालको स्पेस, ती सबै कुराहरु संकटमा छन् ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले राष्ट्रपति संस्थाको महत्व नदिइएको, संसदलाई अर्थहीन बनाइएको, आफूलाई प्रधानमन्त्री बनाउने पार्टीप्रति समेत सरकारको सरोकार नरहेको आरोप लगाए । 

न्यायालय र अन्य राजनीतिक दलसँग संवाद गर्ने विषय टाढाको कुरा भएको तथा मिडियालगायतका संस्थालाई समेत किनारा लगाउँदै सरकार ‘बेलगाम घोडाजस्तो’ अधिनायकवादको बाटोतर्फ अघि बढिरहेको उनको भनाइ थियो ।

उनले भने, ‘ठूलो जनादेश प्राप्त गरेको रास्वपा सरकारमा आएको छ । तर, गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् । सरकार निर्वाचित अधिनायकवादतिर छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्त्व छैन, संसद् पनि कुनै अर्थको छैन । जुन पार्टीले आफूलाई प्रधानमन्त्री बनायो, त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरूसँग वा अन्य राजनीतिक दलहरूसँगको संवाद त धेरै टाढाको कुरा भयो । सबै कुरालाई किनारा लगाउँदै, बेलगाम घोडाजस्तो एउटा अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’

उनका अनुसार भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाले झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट सरकारको सम्भावित अधिनायकवादलाई रोक्ने बलियो विकल्पसमेत नरहेको उनले बताए ।

‘बिडम्बना, भर्खरै सम्पन्न निर्वाचनमा झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन,’ ज्ञवालीले भने ।

प्रतिनिधिसभाभित्र संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नरहेको उल्लेख गर्दै उनले अहिलेको शक्ति सन्तुलन आफूहरूका लागि निकै प्रतिकूल रहेको बताए ।

ज्ञवालीले रास्वपाले चितवन महाधिवेशनबाट ‘सामाजिक प्रजातन्त्र’ अर्थात् ‘सोसल डेमोक्रेसी’लाई आफ्नो राजनीतिक दर्शन बनाएको समेत उल्लेख गरे ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?