National life
cg eloctronics

बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको निर्णय, यी स्थानीय तह बने विपद् संकटग्रस्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|३० असोज २०८३, शुक्रबार
1.1kShares
बाढीपहिरो प्रभावित क्षेत्रमा सरकारको निर्णय, यी स्थानीय तह बने विपद् संकटग्रस्त
muktinatha bikash bank

काठमाडौं । सरकारले बाढीपहिरोबाट प्रभावित गोरखा, बागलुङ र धादिङका विभिन्न स्थानीय तह तथा वडालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई तीव्रता दिने उद्देश्यले यस्तो निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार बागलुङ जिल्लाका गल्कोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, गोरखा जिल्लाका चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिकालाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ समेत यस सूचीमा परेका छन्।

सरकारका अनुसार २०८३ असोज ८ देखि ११ गतेसम्म भएको वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई लक्षित गरी उक्त निर्णय गरिएको हो।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाका अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी काम अघि बढाउन प्रक्रियागत जटिलता कम हुनेछ। यसबाट आवश्यक काम छिटोछरितो रूपमा सञ्चालन गर्न सहज हुने सरकारको अपेक्षा छ।

everest bank

तीन महिनाका लागि गरिएको यस घोषणाले विपद्बाट प्रभावित स्थानीय तहमा पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?