National life

सनराइज फोकस्ड इक्विटी फण्डले घोषणा गर्‍यो नगद लाभांश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२८ दिन अगाडि|०८ भदौ २०८३, सोमबार
1.2kShares
सनराइज फोकस्ड इक्विटी फण्डले घोषणा गर्‍यो नगद लाभांश
ncell

काठमाडौं । सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट इकाइधनीलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

लक्ष्मी सनराइज बैंक प्रवर्द्धक तथा लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

फण्डले आवश्यक नियामकीय तथा अन्य प्रक्रिया पूरा गरेपछि योग्य इकाइधनीलाई लाभांश वितरण गर्ने जनाएको छ। घोषणा गरिएको लाभांश करसहित भएकाले इकाइधनीलाई भुक्तानी गर्दा प्रचलित नियमअनुसार आवश्यक कर कट्टी गरिनेछ।

लाभांश वितरणपछि फण्डका इकाइधनीले आर्थिक वर्ष २०८२/८३ को लगानीबाट प्राप्त प्रतिफलको हिस्सा नगद रूपमा प्राप्त गर्नेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?