काठमाण्डौ। नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्यमा गिरावट आएको छ । विहिवारका दिन १ सय रुपैयाँले बढेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।































