National life

सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय, किन हुन्छ यसरी मूल्य स्थिर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ मंसिर २०८०, आइतबार
467Shares
सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय, किन हुन्छ यसरी मूल्य स्थिर ?
ncell

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार  सुनको भाउ स्थिर रहेको जनाएको छ । महासंघले आज नेपाली बजारमा शुक्रवारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १४ हजार ९५० रुपैयाँ कायम रहेको छ । गत साताको शुक्रवार समेत यही मूल्य सुनको कारोबार भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर रहेर कारोबारमा आएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम रहेको जनाएको छ । गत साताको शुक्रवार चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।

सुनको मूल्य स्थिर रहनुका कारण अन्तर्राष्ट्रिय बजार नै प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाई छ । सामान्यतया अरु महिनाको तुलनामा मङ्सिर महिनालाई लगनको महिनाको रूपमा हेरिने भएको कारण सुन चाँदीको कारोबार बढ्ने महासंघको भनाई छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
467SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?