National life

ग्यास अभावबारे सरकारको आश्वासन: बजार चाँडै सामान्य हुने (भिडियोसहित)

ग्यास वितरण सुधारमा सरकार सक्रिय, केही दिनमै सहज हुने संकेत

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ साउन २०८३, शुक्रबार
1.6kShares
ग्यास अभावबारे सरकारको आश्वासन: बजार चाँडै सामान्य हुने (भिडियोसहित)
ncell

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको वितरण समस्या केही दिनमै समाधान हुने भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेकी छिन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अघिल्लो वर्षको तुलनामा पर्याप्त परिमाणमा ग्यास आयात र वितरण भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि एकैपटक माग बढेकाले केही समय वितरणमा असहजता देखिएको बताइन् । 

उनका अनुसार बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले नेपाल आयल निगम, ग्यास उद्योगी तथा अन्य सरोकारवालासँग समन्वय गर्दै आपूर्ति र वितरण प्रणालीलाई थप प्रभावकारी बनाइरहेको छ।

ग्यास अभाव केही दिनमै हट्छ : मन्त्री यादव #aarthikvoice #GasScarcity #gauriyadav | Aarthikvoice

ग्यास अभाव केही दिनमै हट्छ : मन्त्री यादव #aarthikvoice #GasScarcity #gauriyadav | Aarthikvoice

बजार अनुगमन तीव्र पारिएको छ भने ग्यास आयात, भण्डारण र वितरणलाई पारदर्शी तथा अनुमानयोग्य बनाउन सुधारका काम पनि अघि बढाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल देशभर ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा रहेको, कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको तथा करिब १ करोड ७५ लाख सिलिन्डर बजारमा रहेको मन्त्री यादवले जानकारी दिइन । आर्थिक वर्ष २०८२÷८३ मा ५ लाख २० हजार ५२५ मेट्रिक टन ग्यास आयात भएको उनले बताइन् । 

समितिको निर्देशनअनुसार एलपी ग्यास सिलिन्डर ट्र्याकिङ प्रणाली विकासको काम सुरु गरिएको र तत्कालका लागि गुगल फाराममार्फत उद्योगबाट वितरण भएका सिलिन्डरको विवरण सङ्कलन गरी मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न थालिएको उनले जानकारी दिइन् । 

भारतबाट तीन महिनाका लागि एलपी ग्यास आयात कोटा ४९ हजार ५०० मेट्रिक टनबाट बढाएर ६० हजार मेट्रिक टन पु¥याउन परराष्ट्र मन्त्रालयमार्फत पहल गरिएको पनि उनले बताइन् । 

आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरी ग्यास नपाएको गुनासोको तत्काल सम्बोधन गरिरहेको उल्लेख गर्दै मन्त्री यादवले साउन २१ गते मात्रै १६६ वटा गुनासो समाधान गरिएको जानकारी दिइन् । 

उनका अनुसार साउन २० गते ३७ हजार १०० र साउन २१ गते ४० हजार ९५४ ग्यास सिलिन्डर बजारमा पठाइएको छ । टेकुस्थित नेपाल आयल निगम, नेपाल ग्यास (बालाजु), साइबाबा ग्यास (कलङ्की) तथा नेशनल ट्रेडिङका कालीमाटी र जडीबुटी काउन्टरबाट समेत उपभोक्ताले ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हालसम्म ४५ भन्दा बढी ग्यास डिपोको अनुगमन गरिसकेको र उपत्यकाबाहिरका जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा नेपाल आयल निगमका प्रादेशिक कार्यालयमार्फत समन्वय भइरहेको मन्त्री यादवले बताइन् । 

उनले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला र विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न आग्रह गर्दै वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन डिलर तथा विक्रेतालाई निर्देशन दिइन् । 

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?