National life

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका शिक्षकबिरुद्ध मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
573Shares
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका शिक्षकबिरुद्ध मुद्दा दायर
ncell

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका शिक्षकबिरुद्ध मुद्दा दायर भएकाे छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–२, साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन अन्तर्गत विशेष अदालतमा मुद्दा दायर गरेको हाे ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार शिक्षक शाहले प्रवीणता प्रमाणपत्र तहको नक्कली सर्टिफिकेट पेस गरी अध्यापन गरेकाले उनीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हाे ।

शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडिएट एजुकेशन, उत्तर प्रदेश, राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?