National life

मालपोत, यातायातजस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुन्छ : अख्तियार प्रमुख

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
485Shares
मालपोत, यातायातजस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुन्छ : अख्तियार प्रमुख
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताएका छन् । आज बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्ताे बताएका हुन् ।

उनले मालपोत, यातायात जस्ता कार्यालयमा दिनदहाडै घुस लेनदेन हुने गरेको बताउँदै त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिंदा घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुने बताए ।

राईले भने, ‘मालपोत कार्यालय, यातायातमा अथवा जहाँतही जुन रकम लेनदेन हुन्छ, त्यो सापटी हो भन्ने खालका क्वेसनहरु उठ्छ र त्यो घुस नै हो भनेर प्रमाणित गर्न कठिन हुन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यो कारणले पनि समस्या परेको अवस्था हो ।’

सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन-देन हुँदा पनि आफूहरुले केही गर्न नसकेको उनको भनाइ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?