काठमाडौं । आज बुधबार पनि नेप्सेमा हरियाली छाएको छ । हिजाे बढेकाे नेप्सेमा आज पनि भारी अंकले सुधार आएको हाे ।
बुधबार नेप्से परिसूचक ४३.२७ अंकले बढेर १९०७.८९ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको ३७ लाख ७२ हजार २३ कित्ता शेयर किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजारको कारोबार भएको छ ।
आज २२३ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ । आज १३ वटै उपसूचकमा पनि हरियाली छाएको छ ।
आज सबैभन्दा धेरै सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ३ करोड १३ लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । आइएमई लाइफको २ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकताृले ९.३१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४.६२ प्रतिशतका दरले गुमाएका छन् ।
त्यस्तै, एनआईबीएल समृद्धि फण्ड २ को ३.९५, १० प्रतिशत प्रभु बैंक डेबेन्चर २०८४ को ३.८८ र मेगा म्युचुअल फण्ड १ को ३.२८ प्रतिशतले शेयरमूल्य घटेको छ । आज सिटिजन म्युचुअल फण्ड १, मानुषि लघुवित्त, सयपत्री हाइड्रोपावर, नबिल ब्यालेन्सड फण्ड ३, ८.५ प्रभु बैंक डेबेन्चर २०८७ र ११ प्रतिशत एनआईसी एशिया डेबेन्चर ०८२.८२ को शेयरमूल्य घटेको छ ।































