National life

नेप्सेमा दोहोरो अंकको गिरावट, ४० कम्पनी शेयर मुल्य बढ्दा १९० कम्पनीको मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
512Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, ४० कम्पनी शेयर मुल्य बढ्दा १९० कम्पनीको मुल्य घट्याे
ncell

काठमाडौं । आज साताको अन्तिम कारोबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक १०.८६ प्रतिशतले घटेर १,८४७.७० को विन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital

आज ४० कम्पनीकाे शेयर मुल्य बढेको छ भने १९० कम्पनीको मुल्य घटेको छ ।

आज २८१ कम्पनीको ३७ लाख ४९ हजार ९५४ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४४ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर किनबेच भएको छ । आज कम्पनीको १० करोड १० लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ ।

प्राइम कमर्सियल बैंकको ६ करोड ४५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको २ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हाथवे, सानिमा जिआईसी, नबिल बैंक, साल्ट टेडिङ, सूर्य ज्योति लाइफ र तारागाँउ रिजेन्सीको सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै चन्द्रगिरी हिल्सका लगानीकर्ताले ६.०४ प्रतिशतका दरले कमाएका छन् । आज हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । एनआइबिएल प्रगति फण्डका इकाईधनीले ४.९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सोल्टि होटल, एनआईसी एशिया ग्रोथ फण्ड, तारागाँउ रिजेन्सी, हाथवे, सोनापुर, ओरियन्टल होटल, सिटि होटलको सर्वाधिक कारोबार भएको छ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । रावा इनर्जीको शेयरमूल्य ७.४६ प्र्रतिशतले घट्दा बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, साम्लिङ पावर, सुपर मादी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र मेगा म्युचुअ फण्ड–१ को शेयरमूल्य आज सर्वाधिक घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
512SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?