National life

अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा ४५ देशलाई पछि पार्दै नेपाली दुई युवाले जिते तेस्रो स्थान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
1.1kShares
अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा ४५ देशलाई पछि पार्दै नेपाली दुई युवाले जिते तेस्रो स्थान
ncell

काठमाडौं । ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपाली दुई युवाले तेस्रो स्थान हाँसिल गरेका छन् ।

गत जुलाइ २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा तेस्रो स्थान हासिल गरेका हुन् ।

यस अघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए । त्यतिबेला ४२ ‍देशको सहभागिता रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अहिले भने उक्त प्रतियोगितामा नेपाल सहित ४८ देशका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमध्ये नेपाली युवाले ४५ देशलाई पछि पारेका हुन् ।

उक्त प्रतियोगिताको विजेता भने क्यानडाका डेनियल जान र उपविजेता टर्कीका अल्प एलचिनका रहेका छन् ।

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो ।

जस मध्ये पाचॅं उत्किषट प्रतिस्पर्धीहरु अनुभव ढुङ्गाना, अनुस्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयङ्क शंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए ।

ती मध्ये हमाल र चटौतले तेस्रो स्थान हाँसिल गर्दै ब्रोन्ज मेडल ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाड ९ल्भ्इ० का निर्देशक तथा टिम लिडर दिपक भण्डारीले जानकारी दिए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?