National life
cg eloctronics

आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ जेठ २०८३, शनिबार
840Shares
आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
ncell

काठमाडौँ। आज काठमाडौँ र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।

स्युचाटार र टेकु सबस्टेशन अन्तर्गत कुलेश्वर, कीर्तिपुर, रत्नपार्क आज (शनिबार) बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजना मातातीर्थले जारी गरेको सूचनामा कुलेश्वर वितरण केन्द्रका ५३, कीर्तिपुर वितरण केन्द्रका ११, रत्नपार्क वितरण केन्द्रका २० र पुल्चोक वितरण केन्द्रका १४ ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ के.भी. प्रसारण कण्डक्टर अपग्रेडिङ्ग आयोजनाबाट १३२ के.भी. स्युचाटार सवस्टेसनमा रहेको बसलाई सटडाउनमा राखी उक्त सबस्टेसनको मर्मतसम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

निर्धारित समयमा सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि यथासम्भव प्रयास गरिने भन्दै प्राधिकरणले विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?