National life

एक इन्जिनियर एक लाख नगद र चेकसहित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ साउन २०८०, आइतबार
415Shares

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा कार्यरत एक इन्जिनियर एक लाख नगद र चेकसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु शहीदनगर ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिवासबाट खटेको टोलीले इन्जिनियर रमेश कुमार चौधरी र उनका साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ नगद र एक लाख ७५ हजारको चेकसहित नियन्त्रणमा लिएको हो ।

ncell
Royal Enfield

वाल निर्माण कार्यसम्पन्न पश्चात् सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग को सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको अख्तियारले बताएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
415SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?