National life

कांग्रेस 'पोलिसी ह्याकाथन' मा २२७ टोलीको आवेदन, ताेकियाे ७ सदस्यीय निर्णायक मण्डल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
543Shares
कांग्रेस 'पोलिसी ह्याकाथन' मा २२७ टोलीको आवेदन, ताेकियाे ७ सदस्यीय निर्णायक मण्डल
ncell

काठमाडाैं । नेपाली कांग्रेसको आयोजनामा हुने पोलिसी ह्याकाथनमा २ सय २७ टोलीबाट नीतिपत्रसहित आवेदन पेश भएको छ। १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरूले ३ देखि ५ जनासम्मको समूह बनाएर नीति पत्रसहित आवेदन बुझाएका छन्।

कांग्रेसले 'गिग इकोनोमी' र क्लाइमेट एक्सनमा पोलिसी ह्याकाथन गर्न लागेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार ७ सदस्यीय निर्णायक मण्डलसमेत तोक्ने काम भइसकेको छ।

Royal Enfield
nic asia capital

अर्थशास्त्री समीर खतिवडा, प्राकृतिक सम्पदा विज्ञ सन्तोषमणि नेपाल, जलवायु विज्ञ रिता सिंह, प्राध्यापक राजेश राई, शिक्षक नरोत्तम अर्याल, सुशासन तथा नेतृत्व विज्ञ पुकार मल्ल र शिक्षक स्वस्तिका श्रेष्ठ निर्णायक मण्डलमा छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्राप्त नीतिपत्रमध्येबाट उत्कृष्ट १० छनौट हुनेछ।

छनौट भएका १० नीतिपत्र सम्बन्धित प्रशिक्षकलाई प्रदान गरिनेछ। अन्तिम प्रस्तुतीका आधारमा मूल्यांकनसहित भदौ ९ गते विजेता घोषणा गर्ने तयारी छ।

पहिलो हुनेलाई ३ लाख रुपैयाँ, दोस्रोलाई १ लाख ५० हजार रुपैयाँ र तेस्रोलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने कांग्रेसले जनाएको छ। उत्कृष्ट नीतिपत्रलाई कांग्रेसले ग्रहण गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?