National life
cg eloctronics

पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
680Shares
पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
ncell

काठमाडौँ । आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति बुढापेस्टमा भएको फाइनलमा आर्सनललाई ४-३ ले हराउँदै पीएसजीले उपाधि हात पारेको हो।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर थप समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो। टाइब्रेकरमा आर्सनलका एबेरेची एजे र ग्राबिएल महलहाएसको प्रहार विफल हुँदा पीएसजीले उपाधि पाएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसअघि निर्धारित समयको छैटौँ मिनेटमा काइ हाभर्ट्सको गोलमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको ६५औँ मिनेटमा उस्मान डेम्बेलेको पेनाल्टी गोलमा पीएसजी खेलमा फर्किएको थियो।

यो समाचार शेयर गर्नुहोस्
680SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?