National life

प्रोपर्टी विजार्ड र आइएमई पेबीच भुक्तानी सहजताका लागि सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
470Shares
प्रोपर्टी विजार्ड र आइएमई पेबीच भुक्तानी सहजताका लागि सम्झौता
ncell

काठमाडाैं । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सेयर दलाल नं. ६७ प्रोपर्टी विजार्ड र आइएमई पेबीच ग्राहकलाई भुक्तानी सहजीकरणका लागि सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ ।

दुवै कम्पनीबीच आज भएको सम्झौतापत्रमा प्रोपर्टी विजार्डका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आइएमई डिजिटल सोलुसन्सका प्रमुख कार्यकारी प्रविन रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकलाई आइएमई पे वालेटले भुक्तानी आदानप्रदान गर्न वेबसाइट वा मोबाइल एप्लिकेसनको सुरक्षित भुक्तानी सेवा उपलब्ध गराउनेछ ।

Royal Enfield
nic asia capital

आइएमई पेले उपलब्ध गराउने सुविधाले सेयर दलाल र ग्राहक दुवैलाई सहज हुने अपेक्षा गरिएको छ ।

प्रोपर्टी विजार्ड हालै धितोपत्र बोर्डबाट स्वीकृति पाई नेप्सेबाट सदस्यता लिएकोे नयाँ दलाल कम्पनीहरुमध्येको एक हो ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?