National life
cg eloctronics

बौद्ध महोत्सव २०८३ जेठ २३ गते आयोजना हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
745Shares
बौद्ध महोत्सव २०८३ जेठ २३ गते आयोजना हुने
ncell

काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘’बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका वडा नं। ६, बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

महोत्सव जेठ २३ गते महेन्द्रबौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुनेछ। कार्यक्रममा स्थानीयवासी, युवा, परिवार, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँक्री, स्थानीय कला–हस्तकला, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति रहनेछन्। कार्यक्रमलाई अझ आकर्षक बनाउन The Axe, Hercules Basnet, The Render, The Pasa Rockers, Phurba & The Band, स्थानीय कलाकारहरू तथा सांस्कृतिक समूहहरू को प्रस्तुति रहनेछ।

यस अवसरमा वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने साझा अभियान भएको बताउनुभयो। उहाका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान भएकाले यसको पहिचानलाई संरक्षण, प्रवद्र्धन र नया पुस्तासम्म र्पुयाउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ।

महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रको साझा उत्सव बनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा महोत्सवसम्बन्धी सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताका लागि आह्वान गरिनेछ। कार्यक्रमको दिन सहभागीहरूलाई मौलिक संस्कृति झल्किने पोशाकमा उपस्थित भई र्याली, बाजा, झा“क्री तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।

कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको छ। Utpala Café क्षेत्र, Siddhartha Hall क्षेत्र, बौद्ध पिपलबोट आसपास लगायत सम्भावित स्थानहरूमा पार्किङ व्यवस्था मिलाइनेछ। ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टिम परिचालन गरिनेछ।

महोत्सवमा देश–विदेशबाट आउने पर्यटकहरूलाई पनि विशेष स्वागत गरिनेछ। बौद्ध क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकहरूले यस महोत्सवमार्फत नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। यसले बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान र्पुयाउने विश्वास लिइएको छ।

कार्यक्रम सबैका लागि खुला रहनेछ। स्थानीयवासी, परिवार, युवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरूलाई महोत्सवमा सहभागी भई ‘’हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव” लाई सफल बनाउन आयोजकले हार्दिक आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?