National life
cg eloctronics

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
472Shares
लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै, नीति तथा कार्यक्रममाथि छलफल टुंगिने
ncell

दाङ- लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्तर्गत आठौं बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ ।

बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याइने कार्यसूची रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकको प्रारम्भमा विपक्षी दलका नेता जोखबहादुर महराले विशेष समयमा सम्बोधन गर्नेछन् । त्यसपछि सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने तथा छलफलको जवाफ सामाजिक विकास मन्त्री तिमिल्सिनाले दिने कार्यसूची रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन् । त्यसपछि नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने र सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यसैगरी बैठकमा मुख्यमन्त्री आचार्यले विभिन्न आयोगका वार्षिक प्रतिवेदनहरू प्रदेश सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?