National life
cg eloctronics

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
576Shares
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
ncell

काठमाडौँ। वैदेशिक रोजगारमा जाने नेपाली कामदारको नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या वृद्धि भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ को तथ्याङ्कअनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १३.७ प्रतिशतले सङ्कुचन भई दुई लाख ७३ हजार ५३० रहेको देखाएको हो।

त्यसैगरी यस आर्थिक अवधिमा वैदेशिक रोजगारमा जान पुनःश्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १५.९ प्रतिशतले वृद्धि भई दुई लाख ५१ हजार ९८३ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा नयाँ र पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख २५ हजार ५१३ पुगेको छ।

यसमध्ये, महिला १२.१ प्रतिशत र पुरुष ८७.९ प्रतिशत रहेका छन्। गत आर्थिक वर्षको सोही अवधिमा नयाँ र पुनःश्रम स्वीकृति लिने कामदारको सङ्ख्या पाँच लाख ३४ हजार ४७१ रहेको थियो।

सर्वेक्षणले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १०.० प्रतिशतले बढेर पाँच लाख पाँच हजार ९५७ र पुनः श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या १८.५ प्रतिशले बढेर तीन लाख ३३ हजार ३०९ पुगेको थियो।

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?