National life

सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ् सेन्टरको स्थापना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
335Shares
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ् सेन्टरको स्थापना
ncell

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(CZBIL)ले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ। कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको हो । यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरेका हुन् ।

Royal Enfield
nic asia capital
समारोहलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ्ग सेन्टरमा कार्यक्रमहरु संचालन गर्न सहजता हुने र संचालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवं सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लसटर प्रमुख लगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । आज लर्निङ्ग सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३ , मधेशमा २०, बाग्मतीमा ४०, गण्डकीमा ९ , लुम्बिनीमा २३ , कर्णालीमा ५ र सुदूरपश्चिममा १० जना गरि १३० कर्मचारीहरुले प्रशिक्षण पनि लिएका छन् । बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ्ग सेन्टरको स्थापनाले आगामी दिनमा अझ शसक्त ढंगले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंककाे १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा करिव १८ लाख ग्राहकहरू रहेका छन् । हाल ५७ जिल्लामा सेवा प्रदान गरिरहेकाे यस बैंकले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने याेजन बनाएकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
335SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?