National life

१८ जना शाखा अधिकृतको सरुवा, ५ जना गृह मन्त्रालयमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असोज २०८०, बिहिबार
540Shares
१८ जना शाखा अधिकृतको सरुवा, ५ जना गृह मन्त्रालयमा
ncell

काठमाडौँ । १८ जना शाखा अधिकृतको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको हाे ।

मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निर्मल परियार र लुम्बिनी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सुवास रिजालको सरुवा भएको हो ।

Royal Enfield
nic asia capital

गृहमा रहेका गम्भीर सिंह विष्ट र भाष्कर दाहालको भने सामान्यमा सरुवा भएको छ । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयका शाखा अधिकृतद्वय टोपबहादुर भुसाल र सन्तोष पोखरेलको क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । अर्का शाखा अधिकृत गोविन्द आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थमा पुगेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सुसना शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र उद्योगमा अमित भूषण, महेश पौडेलको सरुवा भएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार भूमि व्यवस्थाका बाबुराम पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, अशोक दाहालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, माधव घिमिरेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा, प्रेमिसा श्रेष्ठको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र शान्ति कुँवरको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
540SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?