National life

को हुन् सुधन गुरुङ ?, यस्तो छ गृह मन्त्रालयसम्मको यात्रा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
13.3kShares
को हुन् सुधन गुरुङ ?, यस्तो छ गृह मन्त्रालयसम्मको यात्रा
ncell

काठमाडौँ। काठमाडौँस्थित थापाथलीको एक प्रसूती गृहमा जन्मिएका सुधन गुरुङको मूल थलो गोरखा हो। गोरखाको चुमनुग्री गाउँपालिका ३ निवासी दिलबहादुर गुरुङ र ज्ञानु लामाका छोरा हुन् सुधन।

उनले आफ्नो प्रारम्भिक शिक्षा चितवनको भरतपुर २६ स्थित कालिका संस्कारकुल बोर्डिङ स्कूलमा पूरा गरे।  स्रोतका अनुसार उनका बुबाको दोस्रो घर भरतपुर १८ गुन्जनगरमा पनि रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यही भएर उनले चितवनमा पढेका हुन् ।

उनका बाल्यकालका साथी र शिक्षकहरू उनलाई उत्साही, जिज्ञासु र नेतृत्वशील विद्यार्थीको रूपमा सम्झन्छन्।

यसरी जन्मियो “हामी नेपाल”

सुधनले आफ्नो उच्च शिक्षा काठमाडौंको मल्टी नेशनल कलेज, अनामनगरमा हासिल गरे। युवावस्थामा अध्यात्म, सङ्गीत र सामाजिक गतिविधिहरूमा सक्रिय भए।

उनी ठमेल र बौद्ध क्षेत्रमा संगीत र डिजेको काम गर्थे। यस क्रममा उनले होटल व्यवसाय पनि सुरु गरे।

२०७२ को भूकम्पपछि सुधनले पूर्ण रूपमा समाजसेवामा लाग्ने निर्णय गरे। उनले साथीभाइसँग मिलेर उद्धार कार्यहरू सञ्चालन गरे र “हामी नेपाल” नामक संस्थाको स्थापना गरे, जसमा हाल करिब १५ सय युवाहरू आवद्ध छन्।

सुधनको समाजसेवी छवि नेपालको सीमामा मात्र सीमित थिएन। कोरोना महामारी, प्राकृतिक विपद् र टर्कीको विनाशकारी भूकम्पमा समेत उनको टोली सक्रिय रूपमा उद्धारमा खटियो। उनी बिरामी र विपत्तिमा परेका नागरिकको सेवा गर्न सधैं अग्रपंक्तिमा रहन्थे।

धेरैले सुधनको मानवीय संवेदनशीलता र सहानुभूति गुणको प्रशंसा गरे। उनले चितवनका किसानसँग गहिरो सम्बन्ध राखे, विपत्तिमा परेका मानिसहरूसँग संवेदनशील व्यवहार गरे र उनीहरूका आवश्यकतामा ध्यान दिए।

विवादको सामना गरेका सुधन

जेनजी आन्दोलनका दौरान सुधनले धेरै विवादहरू पनि भोगे। उनलाई केहीले आन्दोलन ‘हाइज्याक’ गरेको आरोप लगाए भने कतिले भारतीय वा पश्चिमको एजेन्ड भनेर चित्रण गरे।

सुधनले सार्वजनिक पत्रकार सम्मेलन र प्रदर्शनमार्फत आफ्ना विचार राखे। उनले प्रधानमन्त्री कार्कीलाई सुरुमा समर्थन गर्दै पछि राजीनामाको मागसहित बालुवाटारमा मध्यरातमा प्रदर्शन समेत गरे।

यस्ता घटनाले उनलाई राजनीतिक दृष्टिकोणबाट विवादित बनायो। तर उनलाई जेनजीका आधिकारिक नेताको रुपमा भने हेर्ने गरेको पाइन्छ।

गृह मन्त्रालयसम्मको यात्रा

रास्वपा नेतृत्वको नयाँ सरकारमा सुधन गुरुङ गृह मन्त्री बन्न पुगेका छन्। गृह मन्त्रालय नेपालको सबैभन्दा प्रभावशाली मन्त्रालय मानिन्छ, जसले सुरक्षा, प्रशासन, प्रहरी र कानून व्यवस्थापनको जिम्मेवारी सम्हाल्दछ।

सुधनले आफ्नो समाजसेवी अनुभव, नेतृत्व क्षमता र संघर्षशील व्यक्तित्वलाई राजनीतिमा रूपान्तरण गर्दै अब राष्ट्रिय सुरक्षा र प्रशासन सुधार्ने चुनौती सामना गर्ने तयारी गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
13.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?