National life
cg eloctronics

विद्युत् नियमन आयोगका लागि ३२ उम्मेदवारको आवेदन, अध्यक्षमा १० जनाको दाबी

नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
690Shares
विद्युत् नियमन आयोगका लागि ३२ उम्मेदवारको आवेदन, अध्यक्षमा १० जनाको दाबी
ncell

काठमाडौँ । विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगका रिक्त अध्यक्ष र सदस्य पदका लागि परेका आवेदनहरूको विवरण सार्वजनिक गरिएको छ । नियुक्ति सिफारिस समितिका अनुसार कुल ३२ जनाले आयोगको नेतृत्वका लागि आवेदन दिएका छन् ।

उपलब्ध विवरणअनुसार अध्यक्ष पदका लागि १० जना र सदस्य पदका लागि २२ जनाले दरखास्त दिएका छन् । केही उम्मेदवारले भने दुवै पदमा दाबी प्रस्तुत गरेका छन्, जसले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले २०८३ जेठ ७ गते सूचना जारी गर्दै जेठ २१ गतेसम्म आवेदन मागेको थियो । सोही अवधिमा प्राप्त भएका सबै आवेदनहरूको सूची सार्वजनिक गरिएको हो ।

अब समितिले उम्मेदवारहरूको शैक्षिक योग्यता, पेशागत अनुभव तथा उनीहरूले पेश गरेका कार्ययोजनाको विस्तृत मूल्याङ्कन गर्नेछ । उक्त मूल्याङ्कनपछि उत्कृष्ट उम्मेदवारहरू छनोट गरी नियुक्तिका लागि मन्त्रिपरिषद् समक्ष सिफारिस गरिने कानुनी प्रावधान छ ।

आयोगको नयाँ नेतृत्व चयन प्रक्रियालाई ऊर्जा क्षेत्रको नीतिगत स्थायित्व र नियमन प्रभावकारितासँग जोडेर हेरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?