National life
cg eloctronics

श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ जेठ २०८३, शनिबार
1KShares
श्रीमतीको हत्या गरेको आरोपमा ‘नेपाली ब्रो’ भनिने कुमार थापा पक्राउ
ncell

काठमाडौँ । ‘नेपाली ब्रो’ नामले चिनिने टिकटकर कुमार थापा श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । उनी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको आरोपमा गएराति पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार शुक्रवार बेलुका १० बजेतिर तारकेश्वर नगरपालिका वडा नम्बर-६ लोलाङ पैँयुटारमा कुमारले श्रीमती ईश्वरी भुजेललाई घरायसी विवादका कारण फलामको रडले हानेका थिए। रड लागेर गम्भीर घाइते भएकी ईश्वरीको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वास्तविक नाम कुमार रहेका उनी प्रो रेस्लर खेलाडी हुन्। तर पछिल्लो समय सामाजिक सञ्जालमा उनी ‘नेपाली ब्रो’को रुपमा परिचित थिए।

रड प्रहार गर्ने थापालाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?