National life
cg eloctronics

चक्रपथमा मेट्रो रेल: सरकारद्वारा डीपीआर तयार गर्न वैश्विक प्रतिस्पर्धा खुला

यस परियोजनाको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोर्ने जनाएको छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
1.3kShares
चक्रपथमा मेट्रो रेल: सरकारद्वारा डीपीआर तयार गर्न वैश्विक प्रतिस्पर्धा खुला
ncell

काठमाडौं । काठमाडौं उपत्यकाभित्र प्रस्तावित मेट्रो रेल परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीहरूसँग आसयपत्र माग गरेको छ।

आयोजनाका अनुसार करिब २७.५ किलोमिटर लामो मेट्रो रेलमार्ग चक्रपथलाई समेट्ने गरी निर्माण गर्ने योजना छ। प्रस्तावित मार्ग नारायणगोपाल चोकदेखि सुरु भई चाबहिल, कोटेश्वर, सातदोबाटो, रत्नपार्क हुँदै पुनः नारायणगोपाल चोकमै पुग्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस परियोजनाको सम्पूर्ण लागत नेपाल सरकारले व्यहोर्ने जनाएको छ। इच्छुक कम्पनीहरूले सन् २०२६ जुन १५ तारिख दिउँसो १२ बजेसम्म सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जीपी प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनी छनोट प्रक्रिया योग्यता, अनुभव र प्राविधिक क्षमताका आधारमा गरिनेछ। मूल्यांकनमा क्रमशः ५० प्रतिशत योग्यता, ४० प्रतिशत अनुभव र १० प्रतिशत क्षमतालाई तौल दिइनेछ। सर्टलिस्टमा पर्न न्यूनतम ७० अंक आवश्यक पर्नेछ। छनोटमा परेका कम्पनीहरूलाई मात्र प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गर्न आह्वान गरिने आयोजनाले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?