National life
cg eloctronics

२३०० सवारीचालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

ट्राफिक नियम उल्लङ्घन बढ्दो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
1KShares
२३०० सवारीचालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन
ncell

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने २ हजार ३०० चालक कारबाहीमा परेका छन्। यस अवधिमा कारबाहीबाट २० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने १०४ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १७७ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४७ जना तथा तीव्र गतिमा सवारी चलाउने १०५ जनामाथि कारबाही गरिएको छ।

त्यस्तै, लेन अनुशासन नमान्ने ५६, निषेधित स्थानमा हर्न बजाउने १५२, फुटपाथमा सवारी पार्किङ गर्ने ११३, एकतर्फी सडकमा सवारी चलाउने १४१ र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने १ हजार ३०५ जनालाई पनि कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?