National life
cg eloctronics

आईएफसी उपाध्यक्ष सुसान लन्डद्वारा उपाय फुलफिलमेन्ट सेन्टरको भ्रमण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
578Shares
आईएफसी उपाध्यक्ष सुसान लन्डद्वारा उपाय फुलफिलमेन्ट सेन्टरको भ्रमण
ncell

काठमाडाैं । अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी)को निजी क्षेत्र विकास तथा सुशासनकी उपाध्यक्ष सुसान लन्डले हालै उपायको काठमाण्डौस्थित फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमण गरी नेपालको लजिस्टिक परिदृश्यबारे बुझेकी छन्।

नेपालको तीनदिने भ्रमणमा रहेकी उपाध्यक्ष सुसानलाई उपायका सहसंस्थापक तथा प्रवन्ध निर्देशक सुमन रायमाझी तथा बोर्ड सदस्य रञ्जीव श्रेष्ठले उपाय फुलफिलमेन्ट सेन्टरमा स्वागत गरेका थिए। उपाय फुलफिलमेन्ट सेन्टरको अवलोकन भ्रमणका क्रममा उपाध्यक्ष सुसानलाई नेपालको लजिस्टिकको समग्र इतिहास तथा उपायको नेपाली लजिस्टिक क्षेत्रको रुपान्तरणका लागि भावी कार्यक्रमबारे प्रवन्ध निर्देशक रायमाझीले प्रकाश पारेका थिए।

यसका साथै सुसानलाई उपायको थ्रीपीएल (थर्ड पार्टी लजिस्टिक्स) सेवा तथा सुविधाका बारेमा संक्षिप्त जानकारी प्रदान गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त भम्रणमा डोल्मा इम्याकट फन्डका प्रतिनिधि र आईएफसीका अन्य पदाधिकारीको पनि उपस्थिति थियो।

उपाय नेपालको लजिस्टिक क्षेत्रमा प्रविधिमार्फत गुणस्तरीय सेवा प्रदायक कम्पनी हो। सन् २०१८ मा स्थापित यो कम्पनीले छोटो समयमै नेपाली लजिस्टिकमा उल्लेखनीय भूमिका खेल्न सफल भएको छ।

हाल उपायले विभिन्न व्यवसायमा संग्लग्न व्यक्ति र संस्थालाई आफ्नो चारवटा भर्टिकलमार्फत सेवा प्रदान गर्दै आएक छ।

पेप्सीकोलास्थित उपाय फुलफिलमेन्ट सेन्टर (उपाय स्पेस) १० हजार वर्गफिटमा फैलिएको गोदाम हो। जसले नेपालभर १५०ं स्थानमा अर्डर लिने र सामान वितरणलाई आधुनिक थ्रीपीएल सुविधामार्फत सेवा प्रदान गर्दै आएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?