National life

अधिवक्ता भगवती पाण्डे पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ साउन २०८०, बुधबार
466Shares
अधिवक्ता भगवती पाण्डे पक्राउ
ncell

काठमाडौँ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । एक टेलिभिजन कार्यक्रमका क्रममा तामाङ समुदायमा दाजुबहिनीबीच पनि बिहे चल्ने अभिव्यक्ति दिएपछि उनी विवादमा आएकी थिइन्। पाण्डेविरुद्ध विवादास्पद अभिव्यक्ति दिएको भन्दै विभिन्न जातीय संघ संस्थाले उजुरी दिएका थिए ।

शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पक्राउ पूर्जी जारी भएपछि फरार रहेकी पाण्डेलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए ।

भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
466SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?