काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हाे ।
विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गर्नेछ ।































