National life

ग्लोबल सेभेनले ल्यायो इकोविट फेस्टिभल भाइब्स स्किम अफर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
574Shares
ग्लोबल सेभेनले ल्यायो इकोविट फेस्टिभल भाइब्स स्किम अफर
ncell

काठमाडौं । ग्लोबल सेभेनले इकोविट फेस्टिभल भाइब्स स्किम ल्याएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै ग्लोबल सेभेन प्रालीले यही भदौ १५ गतेदेखि भदौ मसान्तसम्मका लागि उक्त अफर ल्याएको हो ।

यस स्किम अन्तर्गत कम्पनीले इकोविट ब्रान्डका हरेक मोडेलको नगद खरिदमा रु. ११ हजार छुटको व्यवस्था गरेको छ।

Royal Enfield
nic asia capital
यसका साथै १ वर्षको करसमेत कम्पनीले नै तिरिदिने छ। हरेक स्कुटरका साथमा एउटा हेलमेटसमेत निःशुल्क दिइने कम्पनीले जनाएको छ। यस स्किमका साथै कम्पनीले फाइनान्स र एक्सचेन्जको समेत सुविधा दिएको छ। फाइनान्स र एक्सचेन्जमा भने यो स्किम लागू हुने छैन।

ग्राहकले कुनै पनि इकोविटका स्कुटरहरु खरिद गर्दा न्यूनतम ३० प्रतिशत डाउनपेमेन्टमा ७० प्रतिशतसम्मको फाइनान्स सुविधा प्राप्त गर्न सक्नेछन्। अधिकतम १८ महिनासम्मको सरल किस्तामा शून्य प्रतिशत ब्याजदर लागू हुनेछ। त्यस्तै ग्राहकसँग भएको कुनै पनि पुरानो पेट्रोलियम स्कुटर तथा बाइकसँग नयाँ इकोविट विद्युतीय स्कुटर साटेर लैजान सक्नेछन्।

त्यसका लागि कम्पनीले ग्राहकको पुरानो साधनको उत्कृष्ट मूल्य दिने जनाएको छ। कम्पनीले इकोविट ब्रान्डका विभिन्न ४ मोडेलका स्कुटरहरु नेपाली बजारमा उपलब्ध गराएको छ।

यो समाचार शेयर गर्नुहोस्
574SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?