काठमाडौँ । करार सेवामा कार्यरत कर्मचारीहरूले आफ्नो रोजगारी असुरक्षित हुने चिन्ता व्यक्त गर्दै विरोध प्रदर्शन गरेका छन्। सरकार आउटसोर्सिङ प्रणालीमार्फत नयाँ भर्ना गर्ने तयारीमा रहेको खबरपछि विभिन्न मन्त्रालयमा कार्यरत करार कर्मचारीहरू एकजुट भएका हुन्।
मंगलबार उनीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिँदै प्रस्तावित निर्णयप्रति असहमति जनाए। प्रदर्शनकारीहरूले उक्त कदमले वर्षौंदेखि काम गर्दै आएका कर्मचारीहरूको भविष्य अन्योलमा पार्ने बताएका छन्।
उनीहरूले सरकारसँग आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने योजना स्थगित गर्न र हाल कार्यरत करार कर्मचारीहरूको सेवा सुरक्षित गर्ने व्यवस्था गर्न माग गरेका छन्।






























