National life

पठाओले शुरु गर्यो निःशुल्क फुड डेलिभरी सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
1.4kShares
पठाओले शुरु गर्यो निःशुल्क फुड डेलिभरी सुविधा
ncell

काठमाडौं । नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अबदेखि निःशुल्क फुड डेलिभरी सुरु गरेको छ । ‘रेस्टुरेन्टको दाममा घरमै खाम’ भन्ने नाराका साथ पठाओले बिहान ९ बजेदेखि मध्यरात १२ बजेसम्मका सबै फुड अर्डरहरु निःशुल्क डेलिभरी सुरु गरेको जनाएको छ ।

पठाओ नेपालले सेप्टेम्बर २४ मा आफ्नो पाँचौं वार्षिकोत्सब मनाउँदैछ । आफ्नो वार्षिकोत्सबलाई लक्षित गर्दै कम्पनीले वार्षिकोत्सब महिनाको पहिलो दिन निःशुल्क डेलिभरी योजना सार्वजनिक गरेको हो।

Royal Enfield
nic asia capital
यो महिना अरु पनि विभिन्न योजना र सहुलियत सार्वजनिक गर्ने कम्पनीको योजना छ । बिहान ९ बजे देखि राती ३ बजे सम्म फुड डेलिभरी गर्दै आएको पठाओ फुडले मध्यरात १२ बजेदेखि तीन बजेसम्म अवधीको फुड डेलिभरीमा भने १५० रुपैयाँ शुल्क लिनेछ ।

गत जुन १० देखि जुन ३० सम्म कम्पनीले फुड फेस्ट सम्पन्न गरेको थियो । त्यसक्रममा कम्पनीले डेढ लाखभन्दा बढी अर्डर डेलिभरी गरेर फुड डेलिभरीमा नयाँ रेकर्ड कायम राखेको थियो । सो फुड फेस्ट पछि कम्पनीको दैनिक अर्डर पनि बढेको थापले जानकारी दिए । फुड फेस्ट बाहेक पनि पठाओ फुडले हरेक दिनजसो विभिन्न अफरहरु ल्याएर आफ्ना सेवाग्राहीहरुलाई विभिन्न छुटहरु दिइरहेको छ । कम्पनीले ६ सयभन्दा बढी रेष्टुरेन्टबाट सेवा प्रदान गरिरहेको पठाओ फुडले ग्राहकलाई सबैभन्दा छिटो डेलिभरी गरिरहेको कम्पनीको दावी छ ।

नेपालमा सन् २०१८ को सेप्टेम्बर २४ देखि बाइक राइड सेयरिङ सेवा सुरु गरेको पठाओ नेपालले सन् २०१९ को अगस्ट ९ देखि कार लाइट ट्याक्सी सेवा सुरु गरेको हो। सन् २०२० सेप्टेम्बर २४ मा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?