काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहअन्तर्गतका ८४ हजार ५३७ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरिएको छ।
संस्थाले जेठ २३ गतेदेखि उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको हो। यसमा व्यक्ति तथा संस्थागत लगानीकर्ता दुवैले बोलपत्रमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
बिक्रीका लागि तोकिएको न्यूनतम मूल्य प्रतिकित्ता ५१५ रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी दर उल्लेख गर्दै आवेदन दिनुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम खरिद सीमा १० को गुणकमा रहने गरी निर्धारण गरिएको छ।
आवेदन काठमाडौंको कमलादीस्थित नेपाल एसबीआई मर्चेन्ट बैंकिङमार्फत बुझाउनुपर्नेछ। बोलपत्र पेश गर्ने अन्तिम समय असार ७ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।





































