काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५० हजार कित्ता सेयर बिक्रीका लागि प्रस्ताव गरेको छ। कम्पनीले सूचना जारी गर्दै हालका संस्थापक सेयरधनीहरूलाई प्राथमिकताका साथ खरिद गर्ने अवसर दिएको जनाएको छ।
सूचनाअनुसार इच्छुक संस्थापक सेयरधनीहरूले प्रकाशन मितिबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने विक्रेता र खरिदकर्ताबीच आपसी सहमतिका आधारमा तय हुने उल्लेख गरिएको छ।
कम्पनीले तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट पर्याप्त आवेदन नआएमा बाँकी सेयर अन्य व्यक्ति वा संस्थालाई समेत बिक्रीका लागि खुला गरिने स्पष्ट पारेको छ।





































