National life
cg eloctronics

नेप्सेमा थपियो सोपान फर्मा, १ करोड ७१ लाख कित्ता सेयर सूचीकृत

कारोबार छिट्टै सुरु हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
3.6kShares
नेप्सेमा थपियो सोपान फर्मा, १ करोड ७१ लाख कित्ता सेयर सूचीकृत
ncell

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता साधारण सेयर औपचारिक रूपमा नेप्सेमा दर्ता भएको हो।

नेप्से र कम्पनीबीच भएको सम्झौताअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्यमा सेयर सूचीकरण गरिएको छ।

सूचीकरण विवरणअनुसार कम्पनीको कुल जारी पूँजीमध्ये ४२ लाख ९० हजार कित्ता (२५ प्रतिशत) सेयर सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको छ भने बाँकी १ करोड २८ लाख ७० हजार कित्ता (७५ प्रतिशत) संस्थापक समूहको स्वामित्वमा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडले सम्हालेको थियो।

धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार प्रक्रिया पूरा गरी कम्पनीको सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ।

नेप्सेले सोपान फर्मास्युटिकल्सलाई ‘एसओपीएल’ संकेत कोड प्रदान गरेको छ। कम्पनीको दोस्रो बजार कारोबार जेठ २५ गतेदेखि सुरु हुने बताइएको छ।

यो समाचार शेयर गर्नुहोस्
3.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?