National life

गुगलको नयाँ सेल्फी भिडियो फिचर, जिमेल पासवर्ड रिकभर गर्न सहज

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१७ साउन २०८३, आइतबार
737Shares
गुगलको नयाँ सेल्फी भिडियो फिचर, जिमेल पासवर्ड रिकभर गर्न सहज
ncell

काठमाडौं । प्रविधि कम्पनी गुगलले जिमेल प्रयोगकर्ताका लागि नयाँ ‘सेल्फी भिडियो पासवर्ड रिकभरी’ फिचर सार्वजनिक गरेको छ। यस फिचरले प्रयोगकर्तालाई जिमेल अकाउन्टको पासवर्ड बिर्सिएको अवस्थामा सजिलै पुनःप्राप्त गर्न सहयोग गर्नेछ।

गुगलले आफ्नो ब्लगमार्फत जानकारी दिँदै यस फिचरलाई वैकल्पिक (अप्सनल) रिकभरी टुलका रूपमा ल्याएको जनाएको छ। प्रायः प्रयोगकर्ताले पासवर्ड बिर्सिँदा वा रिकभरी इमेल वा फोनमा पहुँच नभएको अवस्थामा अकाउन्ट फिर्ता लिन समस्या हुने गर्छ।

Royal Enfield
nic asia capital
यस्तो अवस्थालाई सहज बनाउन नयाँ सुविधा ल्याइएको हो।

अब प्रयोगकर्ताले आफ्नो गुगल अकाउन्ट सेटअप गर्दा नै एउटा छोटो सेल्फी भिडियो अपलोड गर्नुपर्नेछ। यही भिडियोलाई प्रणालीले ‘रेफरेन्स’का रूपमा राख्नेछ। पछि अकाउन्ट रिकभर गर्नुपर्ने अवस्थामा पुनः अर्को सेल्फी भिडियो खिचेर अपलोड गर्नुपर्ने हुन्छ।

गुगलको प्रणालीले दुवै भिडियोको तुलना गरी प्रयोगकर्ताको पहिचान प्रमाणित गर्नेछ। पहिचान मिलेको खण्डमा प्रयोगकर्ताले नयाँ पासवर्ड सिर्जना गरी पुनः आफ्नो अकाउन्टमा लगइन गर्न सक्नेछन्।

सुरक्षालाई ध्यानमा राख्दै भिडियो खिच्दा प्रयोगकर्ताले टाउको हल्लाउनुपर्ने हुन्छ, जसले नक्कली भिडियो प्रयोग हुन नदिनेछ। साथै, पुरानो भिडियो अपलोड गर्न नमिल्ने र वास्तविक समयमा मोबाइलको फ्रन्ट क्यामेरा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

गुगलले हालै जिमेलमा ‘एन्ड-टु-एन्ड इन्क्रिप्सन’ सुविधा पनि थपेको छ, जसले प्रयोगकर्ताको डाटा सुरक्षालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
737SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?