National life

एलजी सिपशिक्षा कार्यक्रमको १६औं ब्याच सञ्चालन दिगो जीविकोपार्जनका लागि सीप विकास अभियानलाई निरन्तरता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१९ साउन २०८३, मङ्गलबार
1KShares
एलजी सिपशिक्षा कार्यक्रमको १६औं ब्याच सञ्चालन दिगो जीविकोपार्जनका लागि सीप विकास अभियानलाई निरन्तरता
ncell

काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले 'एलजी सिपशिक्षा' कार्यक्रमको १६औं ब्याच सञ्चालनमा ल्याएको छ। यस कार्यक्रममार्फत उद्योगको आवश्यकता अनुरूपको प्राविधिक तथा व्यावसायिक शिक्षा प्रदान गर्दै नेपाली युवाहरूलाई सक्षम बनाउने आफ्नो प्रतिबद्धतालाई एलजीले पुनः पुष्टि गरेको छ।

युवाहरूलाई बजारको मागअनुसारका व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरी समाजमा योगदान पुऱ्याउने उद्देश्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले रोजगारीका अवसर बढाउनुका साथै दिगो जीविकोपार्जनको आधार तयार गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ। शिक्षा र रोजगारीबीचको दूरी कम गर्दै नेपाली युवाहरूलाई सफल करियर निर्माणको अवसर उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको एलजी सिपशिक्षा कार्यक्रमले व्यावहारिक तथा प्रयोगात्मक सिकाइमार्फत उच्च माग भएका प्राविधिक क्षेत्रमा आवश्यक दक्षता विकास गराउँदै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सन् २०२४ मा सुरु भएको यस कार्यक्रमअन्तर्गत हालसम्म १६ वटा प्रशिक्षण ब्याच सञ्चालन भइसकेका छन्। पोलिटेक्निक तथा इलेक्ट्रिकल र मेकानिकल तालिममार्फत हालसम्म ३३२ जना सहभागीले व्यावसायिक शिक्षा प्राप्त गरिसकेका छन् । हाल सुरु भएको १६औं ब्याचमा १८ जना सहभागी रहेका छन्।

यस प्रशिक्षणको शुभारम्भको अवसरमा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर-बंगलादेश शाखाका प्रबन्ध निर्देशक श्री जेराल्ड सङ्घो चुन तथा चौधरी फाउन्डेसनका अध्यक्ष श्री निर्वाण चौधरीले हाल प्रशिक्षणमा सहभागी ब्याचको अवलोकन गर्नुभएको थियो।

प्राविधिक शिक्षामा निरन्तर सहकार्य र लगानीमार्फत एलजी सिपशिक्षा कार्यक्रम र चौधरी फाउन्डेसन परिवर्तनशील श्रम बजारमा सफल हुन आवश्यक ज्ञान र सीप प्रदान गरी दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्न प्रतिबद्ध रहेका छन्।

यस अवसरमा एलजी इलेक्ट्रोनिक्स सिङ्गापुर - बंगलादेश शाखाका प्रबन्ध निर्देशक श्री जेराल्ड सङ्घो चुनले भन्नुभयोः

"युवा सशक्तीकरण र सीप विकासमा केन्द्रित साझेदारीको अर्को महत्वपूर्ण चरणमा प्रवेश गर्न पाउँदा हामी गर्व महसुस गरेका छौं । यस अर्थपूर्ण पहलमा सहकार्य तथा सहयोगका लागि काठमाडौं महानगरपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछौं। यस तालिममा सहभागी सबैले आफ्नो करियरलाई नयाँ उचाइमा पुऱ्याई शिक्षाले समाजमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने उदाहरण प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । सीप जुनसुकै उमेरमा पनि सिक्न सकिन्छ, त्यसैले सिकाइ कहिल्यै रोकिनु हुँदैन। हामी सँगै अघि बढ्दा र समाजलाई केही फर्काउन सक्दा नै जीवन अझ राम्रो बन्छ।"

त्यसैगरी चौधरी फाउन्डेसनका अध्यक्ष श्री निर्वाण चौधरीले भन्नुभयोः "व्यावहारिक सीपमार्फत मानिसलाई सक्षम बनाउनु सबैभन्दा अर्थपूर्ण लगानीमध्ये एक हो भन्ने हाम्रो विश्वास छ। एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा अझ धेरै व्यक्तिलाई अवसर सिर्जना गर्दै जीविकोपार्जनका सम्भावना विस्तार गरी देशको आर्थिक विकासमा योगदान पुऱ्याउने हाम्रो लक्ष्य हो। आगामी दिनहरूमा पनि दिगो करियर निर्माण र दक्ष जनशक्ति विकासमा हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ।"

चौधरी फाउन्डेसनबारे

सन् १९९५ मा चौधरी परिवारद्वारा स्थापना गरिएको चौधरी फाउन्डेसन चौधरी ग्रुप (सीजी) को सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन हुने संस्था हो। यसले जनजीवनको स्तर सुधार, समुदाय सशक्तीकरण तथा नेपालको दिगो विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

nic asia capital
दुई दशकभन्दा बढी समयदेखि सामुदायिक विकासमा सक्रिय लगानी गर्दै आएको फाउन्डेसनले कर्मचारी, ग्राहक, साझेदार तथा समुदायसँगको सहकार्यले अझ सशक्त समाज निर्माण हुने विश्वास लिएको छ।

एलजी इलेक्ट्रोनिक्सबारे

एलजी इलेक्ट्रोनिक्स इन्क. घरेलु उपकरण, उपभोक्ता विद्युतीय सामग्री तथा एयर सोलुसन क्षेत्रका विश्वव्यापी अग्रणी कम्पनीमध्ये एक हो। नवीन प्रविधि, ऊर्जा दक्ष उत्पादन तथा ग्राहक केन्द्रित डिजाइनका लागि परिचित एलजीका उत्पादनहरूमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनर, अडियो प्रणाली लगायत दैनिक जीवनलाई सहज बनाउने विभिन्न समाधानहरू समावेश छन्। थप जानकारीका लागि एलजी नेपालको वेबसाइट www.lg.com/np मा जानुहोस्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?