National life

महसुल छुट योजनाअन्तर्गत ग्राहकलाई बक्यौता बुझाउन नेपाल टेलिकम अपिल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
934Shares
महसुल छुट योजनाअन्तर्गत ग्राहकलाई बक्यौता बुझाउन नेपाल टेलिकम अपिल
ncell

काठमाडौं । नेपाल टेलिकमले बक्यौता रकम तिर्न ग्राहकहरूलाई आग्रह गर्दै सूचना जारी गरेको छ। कम्पनीका अनुसार दूरसञ्चार सेवा प्रयोग गरी हालसम्म बक्यौता रहेका ग्राहकहरूले २०८२ पुस मसान्तभित्र उक्त रकम बुझाउनुपर्नेछ।

कम्पनीले नजिकको दूरसञ्चार कार्यालयमार्फत सहज रूपमा महसुल बुझाउन सकिने व्यवस्था मिलाइएको जनाएको छ। साथै, सेवाको निरन्तरताका लागि समयमै बक्यौता तिर्न ग्राहकहरूलाई अनुरोध गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

टेलिकमले लामो समयदेखि बक्यौता नतिर्ने ग्राहकहरूको नाम, ठेगाना र विवरण कम्पनीको वेबसाइट तथा पत्रपत्रिकामार्फत सार्वजनिक गरिने चेतावनी पनि दिएको छ। यस्तो सूचना प्रकाशित भएपश्चात पनि बक्यौता नतिरे कानुनी प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
934SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?