काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट नियन्त्रणमा लिएको हो। सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबरा का अनुसार भण्डारीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान अघि बढाइएको छ।
स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियामा राज्यलाई नोक्सानी पुर्याएको आरोप उनीमाथि लागेको छ।
यसअघि रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बेला भण्डारी उनको सचिवालयमा विज्ञका रूपमा कार्यरत थिए।
टेरामक्स प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि भण्डारी प्राधिकरणको अध्यक्ष बनेका थिए। सचिवालयमा कार्यरत रहँदै उनी उक्त पदमा नियुक्त भएका थिए।
































