काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन फराकिलो मूल्यमा घटेको सुनको मूल्य आज बुधवार तोलामा ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पनि बढेको छ। चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
पछिल्लो समय सुनचाँदी व्यवसायीहरू सुनको मूल्यमा सरकारले बढाएको करको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले सटर नै बन्द गरेर आन्दोलनमा होमिएका थिए । उक्त फसलहरू आजबाट मात्रै खुला हुने भएको छ ।































