National life

अधिक तरलता भएसँगै बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
550Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि आज पनि ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत् नियमितरूपमा तरलता खिचिरहेको राष्ट्र बैंकले आज (बुधबार) निक्षेप संकलन उपकरण मार्फत थप ४० अर्ब तरलता खिच्ने भएको हो ।

अघिल्लो दिन मंगलबार मात्रै स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत प्रणालीबाट १ खर्ब ७५ अर्ब ७० करोड रुपैयाँ उठाएको राष्ट्र बैंकले बुधबार २१ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ बोलकबोल गर्ने भएको हो ।

बोलकबोलमा मध्यान्ह ३ बजेसम्म अनलाइनमार्फत सहभागी हुन सकिनेछ । जसको सावाँ र ब्याज भुक्तानी असोज १६ गते हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । यस अघि गत आइतबार निक्षेप संकलनमा भएको बोलकबोलमा औसत ब्याजदर २.९४९७ प्रतिशत कायम भएको थियो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

आज हुने बोलकबोलमा बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय बजारमा अधिक तरलता रहेको अवस्थामा बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकता अनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो । यसअघि भदौ २५ गते मंगलबार मात्रै राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत प्रणालीबाट १ खर्ब ७५ अर्ब ७० करोड रुपैयाँ उठाएको छ। यसमा बैंकहरूले ३ प्रतिशत ब्याजदर पाउँछन् ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?