काठमाडौँ । निजी आवासीय घर निर्माण वा खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमा ३ करोड कायम गरिने भएको छ। यो सीमा हाल २ करोड कायम गरिएको थियो ।
आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका सार्वजनिक गर्दै गभर्नर प्रा.डा विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।
पहिला घर खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था मिलाइने गभर्नर पौडेलको भनाई छ ।


































