काठमाडौं । आज अमेरिकी डरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज जेठ ६ गते १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ३५ पैसा कायम भएको छ । यसअघि सोमबार १ अमेरिकी डलरको भाउ बिक्रीदर १३७ रुपैयाँ १२ पैसा र खरिददर १३६ रुपैयाँ ५२ पैसा कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा रहेको छ भने खरिददर १५३ रुपैयाँ ६५ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८३ रुपैयाँ २६ पैसा खरिद दर १८२ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ९० पैसा र बिक्रीदर ८८ रुपैयाँ २९ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १८ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुवेती १ दिनार को खरिद दर ४४३ रुपैयाँ ९२ पैसा र बिक्री दर ४४५ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै बहरिनी १ दिनारको खरिद दर ३६१ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६३ रुपैयाँ २७ पैसा कायम भएको छ । अर्काे खाडी मुलुक ओमानको १ रियालको खरिद दर ३५४ रुपैयाँ १८ पैसा र बिक्री दर ३५५ रुपैयाँ ७४ पैसा रहेको छ।

































