काठमाडौँ । आज फागुन ४ गते आइतबारका लागि नेपाल राष्ट्रबैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ ।
आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३९ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३८ रुपैयाँ ६२ पैसा कायम भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४५ रुपैयाँ ७० पैसा रहेको छ भने खरिददर १४५ रुपैयाँ ०७ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउन्ड १ को बिक्रीदर १७५ रुपैयाँ १५ पैसा खरिददर १७४ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ १२ पैसा र खरिददर ९ रुपैयाँ ०८ पैसा छ । साथै,अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।


































