National life

असार महिनामा बैंकहरुको ऋण असुलीमा सुधार, केन्द्रीय बैंकमा ५ खर्ब बढी निक्षेप संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असार २०८२, शुक्रबार
538Shares
असार महिनामा बैंकहरुको ऋण असुलीमा सुधार, केन्द्रीय बैंकमा ५ खर्ब बढी निक्षेप संकलन
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम समयसम्म आउँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या थप चुलिएको छ। अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा बढोत्तरी आएको छ ।

बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत ५ खर्ब २० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन्। गत आव अन्तिममा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ५५ अर्ब केन्द्रीय बैंकमा राखेका थिए ।

Royal Enfield
nic asia capital

बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशतसम्म ब्याज पाउँछन्। केन्द्रीय बैंकले ब्याजदर अस्वाभाविक उतारचढाव हुन नदिन वित्तीय क्षेत्रको तरलताका लागि ब्याज दिएर खिच्छ भने तरलता कसिलो हुँदा ६.५ प्रतिशत ब्याज लिई बैंक तथा वित्तीय संस्थालाई तरलता दिने गर्दछ ।

असार महिनामा बैंक , वित्तीय संस्थाको ऋण असुलीमा आएको सुधारले अधिक तरलता थप जटिल बनेको हो। वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा बढेको हो। बैंकहरूले असुली भएको पैसालाई पनि आइडियल राख्नुभन्दा थोरै भए पनि आम्दानी हुने भएकाले केन्द्रीय बैंकलाई दिएका हुन् ।

बिहीबारसम्म केन्द्रीय बैंकमा रहेको बैंक तथा वित्तीय संस्थाका कुल पैसामध्ये ३ खर्ब १० अर्ब निक्षेप संकलनको हो भने बाँकी २ खर्ब १० अर्ब स्थायी निक्षेप सुविधाको हो । तर, चालु आव असार महिना करिब २ साता बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब २० अर्ब राखिसकेका छन् । यसमा पनि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलन मार्फत धेरै तरलता खिचेको छ ।

पछिल्लो समय केन्द्रीय बैंकले २ महिनाभन्दा धेरै अवधिमा निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको पैसा खिचेको छ । त्यो पैसा प्रणालीमा फर्कन फेरि करिब भदौ नै लाग्ने भएको कारण साउन महिनामा कर्जा लगानी बढ्ने अवस्था नरहेको बैंकरहरुको भनाइ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
538SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?